अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघ नेपाल वाग्मतीको ‘युवा जागरण अभियान’ घोषणा हुँदै, अध्यक्ष ओलीबाट शुभारम्भ

राष्ट्रिय युवा संघ नेपाल वाग्मतीको ‘युवा जागरण अभियान’ घोषणा हुँदै, अध्यक्ष ओलीबाट शुभारम्भ


काठमाडौँ-नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल वाग्मतीको ‘युवा जागरण अभियान’ आज काठमाडौँमा घोषणा हुने भएको छ। युवा जागरण अभियानकाे पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम शुभारम्भ हुने आयोजकले जनाएको छ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने उक्त कार्यक्रम युवासम्बन्धी नीतिगत अभिमुखीकरण, नेतृत्व विकास र समाज परिवर्तनमा युवाको भूमिकाबारे केन्द्रित रहने युवा संघले जनाएको छ।

अभियानमा विभिन्न क्षेत्रका युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा एमाले निकट संगठनका प्रतिनिधिहरूले सहभागिता रहने आयोजकले जनाएकाे छ। कार्यक्रमलाई अध्यक्ष ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।