अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली भन्नुहुन्छ- किताब लेख्न उपयुक्त ठाउँ गुण्डु

अध्यक्ष ओली भन्नुहुन्छ- किताब लेख्न उपयुक्त ठाउँ गुण्डु


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको गुण्डु क्षेत्रलाई सिर्जनात्मक लेखनका लागि उत्कृष्ट स्थल भन्दै लेखक तथा पत्रकार सविन प्रियासनलाई भक्तपुरको गुण्डुमै बस्न आग्रह गर्नुभएको छ।

प्रेस चौतारी नेपालको अगुवाइमा २०८२ कात्तिक ३० गते आइतबार गुण्डु पुगेको पत्रकार टोलीसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले गुण्डुको वातावरणीय सौन्दर्य, शान्त माहोल र हिमालक दृश्यले सिर्जनालाई थप प्रेरणा दिने बताउनुभयो। उहाँले आवश्यक परे आफ्नो तर्फबाट खान–बस्नको व्यवस्थासमेत गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपन्यासकार तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले आफ्नो चर्चित कृति ‘कडी’ र ‘कालो मन’ उपन्याससहित मङ्सिरमा प्रकाशित हुन लागेको नयाँ उपन्यास ‘नयाँ लुगा’ को पाण्डुलिपि केपी ओलीलाई हस्तान्तरण गरेपछि अध्यक्ष ओलीले ती पुस्तकहरू अवलोकन गर्दै यस्तो सुझाव दिनुभएको हो। प्रियासन नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका सफल उपन्यासकार रुपमा चिनिनु हुन्छ।

भेटमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डितसहित पत्रकारहरूको टोली सहभागी थियो।