काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेनजीका प्रतिनिधिहरूलाई सबै माग पूरा गर्ने हो भने आफै चुनाव लडेर सरकार बनाउन आग्रह गर्नुभएको छ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री पुनले यस्तो आग्रह गर्नुभएको हो।
मन्त्री पुनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमा रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न आग्रह गर्नुभयो।
मन्त्री पुनले भन्नुभयो, ‘तपाइँहरूको सबै माग पूरा गर्ने हो भने तपाइँहरू आफै चुनाव लड्ने, सरकार बनाउने अनि सबै कुरा आफैले गर्ने, त्यसभन्दा अरू उपाय छैन।’
मन्त्री पुनले जेनजी प्रतिनिधिलाई मन्त्रालय आएर मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गर्नुभयो। केही मागहरू पनि विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ।
‘आफै गाउँगाउँमा जाने, मेरो पनि माग पूरा गर्नुपर्यो नि, कुरा बुझ्यो कि बुझेन?,’ मन्त्री पुनले भन्न्भयो, ‘जेनजी भाइबहिनीहरू आज मंसिर १ गते भयो। आ-आफ्नो गाउँ जाने र युवा नेताहरूलाई ल्याउने अनि यस्ता माग त्यो सरकारबाट पूरा गर्ने।’
मन्त्री पुनले आफूले नसक्ने काम सक्ने भनेर नभन्ने पनि बताउनुभयो।
जेनजी २.० ले १६ वर्षको उमेरमा एसईई. पास गरी सीटीईभीटीमा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरूको समाधान एक हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ।
विद्यार्थीका मागहरू समयमा पूरा नगरे त्यस पछिको अवस्थाको जिम्मेवारी सीटीईभीटीको हुने बताएको छ। यसै वर्ष सीटीईभीटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ।







प्रतिक्रिया