अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनको विध्वंसका योजनाकार सुशीला र ओमप्रकाश भएको दुर्गा प्रसाईँको आरोप

जेनजी आन्दोलनको विध्वंसका योजनाकार सुशीला र ओमप्रकाश भएको दुर्गा प्रसाईँको आरोप


काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०८२ भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाउनुभएको छ।

‘मातृभूमि बचाउ’ अभियानमार्फत मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका प्रसाईँले यस्तो बताउनु भएको हो।

आन्दोलनका कार्यक्रमबारे जानकारी दिन र प्रमाण खुलासा गर्न भनेर आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडिओ क्लिप तथा अडिओ समेत सार्वजनिक गर्दै जेन-जी अप्रेसन सेन्टरमा बसेर सबै सम्पदामा आगो लगाउने सन्देश प्रवाह गरिएको आरोप लगाउनुभयो ।

प्रसाईँले जेन-जी आन्दोलनको डिजाइन पश्चिमा देशहरूको लगानीमा चलेका एनजीओ आईएनजीओसहित विभिन्न संस्थाले गरेको र त्यसमा बारबारा फाउण्डेसनलगायत प्रत्यक्ष संलग्न रहेको दाबी गर्नुभयो।

प्रसाईँले सिंहदरबारलगायत राष्ट्रिय सम्पदा जलाउनेदेखि जेन-जीको प्रदर्शनमा घुसपैठ गरेर गोली चल्ने वातावरण बनाउने योजना पहिले नै तय भएको दाबी समेत गर्नुभयो।

प्रसाईँले यो सबै घटनाहरुमा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, डा.गोविन्द केसी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंह, डा. सन्दुक रुइतलगायतको भूमिका रहेको बताउनुभयो।

प्रसाईँले सिंहदरबार जलिसकेपछि मिसन पूरा भयो धन्यवाद बालेन ! भनेको भिडिओ समेत सार्वजनिक गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, रास्वपाकी तत्कालीन सांसद डा. तोसिमा कार्की, सुमना श्रेठ, जेनजी अभियन्ता रक्षा बम, सुधन गुरुङसहित १५ जनाको हात रहेको आरोप लगाउनुभयो।