काठमाडौं- हिंसात्मक अभिव्यक्ति दिएका आरोपमा राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको प्रहरी जानकारी दिएको छ ।
हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । लघुवित्तमा रहेको २० लाख भन्दा कम भएको ऋण मिनाहाको माग गर्दै आएको थिए ।







प्रतिक्रिया