अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो

सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य घटेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको हो। २७ कात्तिकमा प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य पाँच दिनमै करिब ११ हजार रुपैयाँले घट्दै २ लाख ३९ हजार ५०० रुपैयाँ झरेको हो।

सोमबार सोही सुन तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा ३ हजार १५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको हो।