अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याद थपका लागि दुर्गा प्रसाईँलाई सरकारी वकिल कार्यालय लगियो

म्याद थपका लागि दुर्गा प्रसाईँलाई सरकारी वकिल कार्यालय लगियो


काठमाडौँ-राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईले प्रसाईँविरुद्ध थप अनुसन्धानका लागि म्याद लिन लागिएको जानकारी दिनुभयो। 

हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईँलाई हिजो राति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो। 

प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ। 

प्रसाईँले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए। सोही अनुसार तयारी पनि तीव्र पारेका थिए। तर, आन्दोलन अघि नै प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ। 

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । लघुवित्तमा रहेको २० लाख भन्दा कम भएको ऋण मिनाहाको माग गर्दै आएको थिए ।