काठमाडौं- नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधि सभा)को बैठक सुरु भएको छ। पार्टी संसदीय दलका नेता तथा अध्यक्ष केपी ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दलको बैठक सुरु भएको हो।
एमाले दल स्रोतका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको संसदलाई पुनस्र्थापना गर्नुपर्ने नेकपा एमालेको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको हो।
विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद विघटन र पुनस्र्थापनाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले साँसदहरुलाई जानकारी गराउनुहुनेछ ।
संसद विघटनको संवैधानिक परीक्षण बाँकी रहकोले त्यसका लागि दल वा साँसद अदालतमा जाने विषयमा पनि आजको छलफल केन्द्रित हुने बर्तौलाले जानकारी दिनुभयो ।










प्रतिक्रिया