अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समधान गर्न सक्दैन: शंकर पोखरेल

जेनजीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समधान गर्न सक्दैन: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीको आवरणमा बनेको वर्तमान सरकारले अहिलेको द्वन्द्व समधान गर्न नसक्ने बताउनुभएको छ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो।

महासचिव पोखरेलले अहिलेको सरकारले मुलुकलाई अगाडि होइन पछाडि धकेलिरहेको बताउनु भयो। महासचिव पोखरेलले भन्नुभयो,  ‘जेनजीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समधान गर्न सक्दैन। सरकारले मुलुकलाई अगाडि होइन पछाडि धकेलिरहेको छ।’

महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा प्रधानमन्त्रीले जिम्मा लिन नसक्ने बताउनुभयो।

महासचिव पोखरेलले जेनजी आन्दोलनतर्फ संकेत गर्दै त्यसबेलाका घटनाहरू तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी ओलीले लिनै नसक्ने बताउनुभयो।  

‘शान्ती सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने कुरा सही होइन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘जेनजीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समधान गर्न सक्दैन। सरकारले मुलुकलाई अगाडि होइन पछाडि धकेलिरहेको छ।’

महासचिव पोखरेलले आजको बैठकको मुख्य एजेन्डा संसद् पुनर्स्थापनाका लागि बल पुर्‍याउनु रहेको पनि बताउनुभयो। ‘संसद् पुनस्थापनामा बल पुर्याउनका लागि बैठक आयोजना गरिएको हो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत छ। विगतका फैसला र नजीरले पनि संसद् पुनर्स्थापना आवश्यक देखिन्छ। राजनीतिको बिग्रेको कोर्स यही बिन्दुबाट सुधार्नु पर्दछ।’