काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले शान्ती सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा त्यसबेलाका घटनाहरु तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी ओलीले जिम्मा लिन नसक्ने बताउनु भएको छ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो।
महासचिव पोखरेलले आजको बैठकको मुख्य एजेन्डा संसद् पुनर्स्थापनाका लागि बल पुर्याउनु रहेको पनि बताउनुभयो। ‘संसद् पुनस्थापनामा बल पुर्याउनका लागि बैठक आयोजना गरिएको हो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत छ। विगतका फैसला र नजीरले पनि संसद् पुनर्स्थापना आवश्यक देखिन्छ। राजनीतिको बिग्रेको कोर्स यही बिन्दुबाट सुधार्नु पर्दछ।’
महासचिव पोखरेलले चुनावको कुरा गर्नेहरू नै चुनाव हुनेमा विश्वस्त नरहेको अवस्थामा एमालेले त्यसको पैरवी गर्दै नहिँड्ने बताउनुभयो।







प्रतिक्रिया