काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाउनुभएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।
अध्यक्ष ओलीले विद्युत् खरिदको नाममा करोडौं घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाउनुभयो। वर्तमान सरकारले मुलुकलाई अराजकता र अन्यौलग्रस्त अवस्थामा पुर्याएको अध्यक्ष ओलीको आरोप छ।
आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर समेत अध्यक्ष ओलीले जिकिर गर्नुभयो।
अध्यक्ष ओलीले भन्नुभयो,‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो। यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो। भ्रष्टाचार हुँदो हो। कुन भ्रष्टाचार कहाँ, कहाँनिरको भ्रष्टाचार ? कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका, विद्युत् बिक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन त ? अहिले जुन देखिएको छ। त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन। विकासहिनता, राजनीति, अन्यौलग्रस्त, अराजक यस्तो त थिएन त।’









प्रतिक्रिया