अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोसी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कति छ काठमाडौंको न्यूनतम तापक्रम ?

कोसी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कति छ काठमाडौंको न्यूनतम तापक्रम ?


काठमाडौं – देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । दिउँसो हिमपात हुने स्थानमा पनि राति भने मौसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस रहेको विभागले जानकारी दिएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।