अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ‘नेसनल भोलेन्टिएर फोर्स’को संयोजक बन्दै पुष्पराज श्रेष्ठ

एमालेको ‘नेसनल भोलेन्टिएर फोर्स’को संयोजक बन्दै पुष्पराज श्रेष्ठ


काठमाडौं-नेकपा एमालेले घोषणा गर्न लागेको ‘नेसनल भोलेन्टिएर फोर्स’को संयोजक युवा संघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठलाई बनाउन लागेको छ। श्रेष्ठ एमाले बागमती प्रदेश कमिटीका सदस्य पनि हुन्।

२०८२ मंसिर ५ गते बबरमहलस्थित कार्की ब्याङक्वेटमा सभा गरेर नेसनल भोलेन्टिएर फोर्स घोषणा गर्न लागेकाे युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिनुभयो।

कार्यक्रमको प्रमुख अतिथ्यता एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने प्रवक्ता पौडेलले बताउनुभयो।

भोलेन्टिएर फोर्स गठनका लागि एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले १५ दिनअघि गुण्डुमा भेला गरी पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको संयोजकत्वमा कार्यदल बनाएका थिए। उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उदेश्य र भावी कार्यक्रमसहित छलफल गरेर नयाँ नेसनल भोलेन्टियर फोर्स निर्माण गरेको हो। अब यो फोर्ससहित नेकपा एमालेमा २४ वटा जनसंगठन रहने छन्। 

युवासंघलाई देशभर युवा जागरण अभियान सञ्चालन गर्न र सोही अभियानमार्फत युथफोर्स गठन गर्न युवा संघलाइ पार्टीले निर्देशन जारी गरेको छ।

अब बन्दै गरेको फोर्सले राष्ट्र, राष्ट्रियता, सार्वभौसत्ता लोकतन्त्र संविधान र जनताको रक्षाको निम्ति काम गर्ने बताइएको छ।