अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

११ औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक


काठमाडौँ-नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा यही मंसीर ४ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनु भएको हो।

बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । त्यसबाहेक सचिवालय बैठकमा मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ। 

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ। महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दै छ ।