दाङ-नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
चौधरीको वीरेन्द्रनगर-६ सुपरमार्केटस्थित अचार पसलमा २०८२ कात्तिक ३० गते बिहान करिब साढे ४ बजे आगजनी भएको थियो। पहिले शान्ताको पलससँगै रहेको बेबीशपमा लागेको आगो पछि शान्ताको पसलमा सल्किएको थियो । प्रहरी अनुसन्धानबाट बेबी शप सञ्चालकका देवरले पसलमा आगो लगाएको खुलेको छ। पसलमा आगो लगाएको आरोपी दीपक कँडेललाई प्रहरीले पक्राउ गरिसकेको छ।
सुर्खेत प्रहरीका प्रवक्ता डिएसपी मोहोन बुढाका अनुसार बेबी शप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो। सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बयान दिएका छन् ।
अर्काको पसलबाट सल्किएको आगोले शान्ताको अचार पसलमा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया