अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेन-जीको प्रदर्शनका कारण सिमरा एयरपोर्ट आसपास कर्फ्यू आदेश

जेन-जीको प्रदर्शनका कारण सिमरा एयरपोर्ट आसपास कर्फ्यू आदेश


सिमरा-नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा आउने सूचनापछि युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेपछि कर्फ्यू लगाइएको छ।

विमानस्थल बाहिर नेकपा (एमाले)का कार्यकर्ता र जेनजी युवाबीच झडप भएपछि बेलुका ८ बजेसम्म कर्फ्यू लगाइएको हो।

कार्यक्रमका लागि एमाले महासचिव पोखरेल र महेश बस्नेत लगायत नेताहरू सिमरा पुगेको सूचना पाएलगत्तै प्रदर्शनमा उत्रिएका जेनजी र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । एमाले नेताहरूलाई प्रहरीले विमानस्थलभित्रै सुरक्षा दिएर राखेको छ।

सीडीओ धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा प्रदर्शन र झडपका कारण सरकारी सम्पत्ति, पदाधिकारी, पदाधिकारी, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन गण्डक नहरदेखि-पथलैया सडकको दायाँबायाँ  ५ सय मिटर र विमानस्थल वरपर ५ सय मिटरसम्म कर्फ्यू कायम गरिएको उल्लेख छ।