काठमाडौं-भारतको जनता दल युनाइटेड (जेडीयू)का नेता नितिश कुमारले आज १०औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिँदैछन्।
बुधबार राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)को बैठकमा नेता निर्वाचित भएपछि नितिशले साँझ राज्यपाल आरिफ मोहम्मद खानलाई भेटेर सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।
बिहारमा नयाँ एनडीए सरकारको शपथ समारोह पटनाको गान्धी मैदानमा हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदी पनि शपथ कार्यक्रममा उपस्थित हुनेछन् । कार्यक्रमका लागि गृहमन्त्री अमित शाह बुधबार साँझ नै पटना पुगेका थिए।
नीतिशले यस पटक एनडीएका सबै सहयोगी दललाई मन्त्री परिषद्मा ठाउँ दिएका छन् । २००० मा छोटो समयका लागि बिहारका सीएम बनेका नीतिश कुमार २००५ देखि २०१४ र २०१५ देखि यता लगातार बिहारको मुख्यमन्त्री रहँदै आएका छन् ।







प्रतिक्रिया