अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित


काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक फेरि सरेको छ। आज बस्ने भनिएको बैठक आगामी शनिबार बस्नेगरि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

पौडेलले आज सूचना जारी गर्दै अब मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाउनु भएको छ।

बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थिति रहने पौडेलद्वारा जारी सूचनामा जनाइएको छ। 

यसअघि मंसिर १ गते बस्ने भनिएको बैठक आजको लागि सारिएको थियो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ। महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीब्र विवाद छ।