काठमाडौँ- जनेजी आन्दोलनपछि पहिलो पटक नेकपा एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको छ। यही मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन तयारीका सन्दर्भमा सचिवालय बैठक बसेको हो।
बैठकमा मंसिर ५ गते गठन हुने युथ भोलेन्टिर्यस फोर्स,मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ। साथै बारामा एमाले नेताहरुलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने गरेको थियो।













प्रतिक्रिया