काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। २०८२ भदौ २३-२४ को जनेजी आन्दोलन आन्दोलनको क्रममा आगजनी गरिएको पार्टी मुख्यालय आवश्यक मर्मतसम्भारपछि आज च्यासलमै बैठक राखिएको हो।
बैठकमा मंसिर ५ गते गठन हुने युथ भोलेन्टिर्यस फोर्स, मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै विभिन्न राजनीतिक सांगठानिक प्रस्ताव तयार गर्न पनि नेताहरुलाई जिम्मा दिने तयारी छ।

नेकपा एमालेले संसद पुनःस्थापनाको विषय अगाडि बढाएको छ। त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ। साथै बारामा एमाले नेताहरुलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो। यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने गरेको थियो।







प्रतिक्रिया