काठमाडौं-नेकपा (एमाले)ले आज ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्दैछ।
फोर्स घोषणाअघि एमालेनिकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छ्न्। रामकुमारी झाँक्री पनि नेसनल भोलेन्टियर फोर्सको र्यालीमा सहभागी हुनुहुन्छ।
युवाहरू माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि त्यहाँ जेन-जी घाइतेहरू अवरोध पुर्याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन्। नेता मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्यालीको नेतृत्व गरेका छन्।
काठमाडौंको बबरमहलको कार्की व्यांक्वेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ।
समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो।























प्रतिक्रिया