अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्वयंसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो: अध्यक्ष ओली

एमालेको स्वयंसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवी दस्ता, नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताउनुभएको छ।

एनभिएफको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र जनता,जनधनको, औद्योगिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वयंसेवी दस्ता बनाउनु परेको ओलीले बताउनुभयो। ‘यदि कसैले शान्ति भङ्ग गर्न खोज्छ भन्ने हामीले रोक्नु पर्दछ। आगजनी तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले फोर्सका बारेमा भन्नुभयो ‘फोर्सले प्राकृतिक विपत्ति र जनताका समस्या समाधानमा काम गर्नेछ।’

अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पार्नु भयो। फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उहाँले बताउनुभयो।

अध्यक्ष ओलीले जेनजीका नाममा नक्कलीहरू खडा भएर विध्वंस मच्चाएको बताउनुभयो। भदौ २३ गते पानी बाँड्ने नाममा खडा भएका स्वंसेवीहरु २४ गते तोडफोड र आगजनीमा उत्रिएको बताउनुभयो। ‘हामीले गठन गरेको फोर्स यस्ता अराजकतावादी काम गर्दैन। यो कतैबाट पेइड भएर चलेको पनि होइन’, अध्यक्ष ओलीले भन्नुभयो’, ‘यसले देशमा शान्ति र राजनीतिक स्थिरताका लागि काम गर्छ।’

प्रधानमन्त्री सुशीला कार्कीले यो सरकार असफल भए देशमा झन् ठुलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्ती प्रकट गर्नु भएको छ। ‘देशमा थप विध्वसं मच्चाउने तपाईंको योजना हो कि सपना हो,’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘तपाईंको योजना हो भने त्यो पुरा हुन दिइदैन। सपना हो भने यस्ता विध्वसंकारी सपना देख्न छोड्नुहोस।’

एमालेले गठन गर्न लागेको फोर्स घोषणाको कार्यक्रम अहिले बबरमहलमा जारी छ।