अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न: फेरि विद्रोह हुन्छ भनेको योजना हो कि अनुमान ?

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न: फेरि विद्रोह हुन्छ भनेको योजना हो कि अनुमान ?


काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई फेरि विद्रोह हुन्छ भनेर योजना सार्वजनिक गरेको कि अनुमान गरेको भनेर प्रश्न गर्नुभएको छ।

मंसीर ५ गते शुक्रबार काठमाडौंमा नेसनल भोलेन्टियर फोर्स कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले सो प्रश्न गर्नुभएको हो।

‘अझ ठूलो विपत्ति हुन्छ रे ! प्रधानमन्त्रीले अस्ति बोलेको हामीले सुन्यौँ। कसले विद्रोह गर्छ ? अथवा नेपाली जनतालाई धम्क्याएर तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेर के भनेको त्यो ? फेरि आगो लगाउने ? फेरि तोडफोड गर्ने ? फेरि लुटपाट मच्चाउने ? अथवा के भनेको ? अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेर प्रधानमन्त्रीले भनेको अनुमान हो कि योजना हो ?’ 

अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीले कच्चा कुरा गरेको भन्दै आपत्ति जनाउनुभयो। यसअघि राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने हो भने अवस्था अझै अस्थिरताको चक्रमा फस्ने बताउनुभएको थियो ।

संसद् पुनर्स्थापनाको मागले उक्त भनाइको जवाफ दिँदै अध्यक्ष ओलीले के भन्न खोजेको ? भन्दै प्रश्न समेत गर्नुभयो ।