अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज काठमाडौंमा जनसभा गर्दै

एमालेले आज काठमाडौंमा जनसभा गर्दै

काठमाडौं- नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रम अन्तरगत आज काठमाडौंमा जनसभाको आयोजना गरेको छ ।
भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा एमालेले कात्तिक २२ गते देखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । एमालेले प्रतिनिधिसभाको पुनस्र्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
गौतमका पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले बताउनुभयो । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
गत असोज ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले गरेको जनपरिचालनको निर्णय अनुसार कात्तिक २२ गते देशैभरीका वडाहरुमा एमालेले वडा भेला गरेको थियो । २५ गते सबै पालिकाहरुमा पालिकास्तरीय र्याली सम्पन्न गरेको छ । कात्तिक २९ गते सबै जिल्लाहरुमा जिल्ला स्तरीय जनसभा आयोजना गरिसकेको छ । ‘आजको कार्यक्रमपछि पहिलो चरणको जनपरिचालन समापन हुन्छ’ गौतमले भन्नुभयो ‘यसपछि मंसिर २७ गते ११ औं महाधिवेशन उद्घाटनका क्रममा फेरी काठमाडौंमा विशाल जनसभा गर्नेछौं ।’
यस बीचमा जिल्ला तथा स्थानीय कमिटीहरुले निर्णय गरेर आफ्नातर्फबाट प्रतिगामी षडयन्त्रका विरुद्ध आन्दोलनका कार्यक्रम गर्न सक्ने एमालेले जनाएको छ ।