अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज कोसी र गण्डकीमा आंसिक बदली हुने,अन्य प्रदेशमा मौसम सफा रहने

आज कोसी र गण्डकीमा आंसिक बदली हुने,अन्य प्रदेशमा मौसम सफा रहने


काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज आइतबार देशभरको मौसम सफा रहने जनाएको छ । तर, आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार, देशमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसका कारण देशभरको मौसम सामान्यतया स्थिर रहने देखिएको छ ।

चिसो बढ्ने क्रममा रहेकाले बिहान र बेलुकाको समयमा सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ ।