अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास (भिडियोसहित)

एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास (भिडियोसहित)


काठमाडौं-नेकपा (एमाले) पोलिट्ब्युरो सदस्य महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ। युवा संघको कार्यक्रमका लागि आज विराटनगर विमानस्थलबाट बाहिरिएर सुनसरीतर्फ लाग्दा नेता बस्नेतमाथि विराटनगर विमानस्थलनजिक आक्रमणको प्रयास भएको हो।

नेता बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेन–जी युवाले रातो मसी छ्यापेका छन्। नेता बस्नेतसहितको टोलीलाई जेनजी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका हुन् ।

जेन–जी युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकाहरूमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन् ।

युवाको आक्रमणको प्रयासमा परेका बस्नेतसहित एमालेका नेताहरु सकुशल रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु हाल धरान पुगिसकेका छन् ।

भिडियो