काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पनि राजीनामा दिनुभएको छ।
पार्टी भित्र चर्किँदै गएको असन्तुष्टि बीच विष्टले बागमती प्रदेश समितिमा राजीनामा बुझाउनु भएको हो। विष्टले सभापति पद मात्र छोडेको, तर पार्टी नछाडेको स्पष्ट पार्नुभएकाे छ।
विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाबाट काठमाडौं–१० का उम्मेदवारसमेत बनेका थिए।
जेनजी आन्दोलनपछि पूर्वमन्त्री सुमना श्रेष्ठले राजीनामा दिएपछि डा. प्रभात अधिकारी, हरि भट्ट, सन्तोष परियारलगायतका नेताहरूले पनि क्रमशः छाडिसकेका छन्।







प्रतिक्रिया