काठमाडौँ-नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ।
आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट माओवादी पूर्वउपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोबलगायत मिलेर नयाँ पार्टीको घोषणा गरिएको हो।
उक्त पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने जनाएको छ। जसमा परियार, माओवादीका तत्कालीन सांसद एवं पूर्वमन्त्री सुदन किराती, दुर्गा सोब, जेन-जी युवा एवं समावेशी प्रतिनिधित्व रहने छ।
यस्तै पार्टीको चुनाव चिह्वन नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ।
कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियारलगायतबिच एकता गर्ने सहमति भएको थियो।








प्रतिक्रिया