अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजदूत फिर्ता प्रकरण

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग जवाफ

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग जवाफ


काठमाडौं-प्रधानमन्त्री सुशिला कार्कीविरूद्वको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले जवाफ मागेको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलास आइतबार कार्कीसहित विपक्षीसँग लिखित जवाफ माग गर्ने आदेश जारी गरेको हो।

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश अवज्ञा गरेपछि कार्कीविरूद्व अवहेलना मुद्दा दर्ता भएको थियो।

सरकारले २०८२ असोज ३० गते चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई २० दिनभित्र फिर्ता हुन निर्देशन दिएको थियो। 

तर सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। जसमा कात्तिक १६ गते न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारलाई उक्त निर्णय कार्यन्वयन नगर्न भनेको थियो। 

सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्टै सरकारले कात्तिक १७ गते राजदूतहरूलाई पहिलेकै निर्णय अनुसार तत्काल फिर्ता हुन पत्र पठाएको थियो।