अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेतामाथि दुर्व्यवहार भएपछि अखिलको चेतावनी: सरकारले अराजकता प्रवर्धन गर्दैछ, कठोर प्रतिवाद हुन्छ

एमाले नेतामाथि दुर्व्यवहार भएपछि अखिलको चेतावनी: सरकारले अराजकता प्रवर्धन गर्दैछ, कठोर प्रतिवाद हुन्छ


काठमाडौं-नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले अराजकतालाई प्रर्वद्वन गरिरहेको पुष्टि भएको बताएको छ।

आज विराटनगरमा एमाले नेताद्वय भानुभक्त ढकाल र महेश बस्नेतमाथि दुर्व्यवहार भएको घटनामा आपत्ति जनाउँदै अनेरास्ववियुले सरकारले अराजकतालाई प्रर्वद्वन गरिरहेको यस प्रकारका हर्कतहरू बारम्बार भइरहनुले पुष्टि गरेको बताएको हो ।

‘जनमत र संविधानले नचिनेको, अलोकतान्त्रिक र असंवैधानिक सरकारले देशमा अराजकतालाई प्रवर्धन गरिरहेको छ।’ अखिलका अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अखिलले यस प्रकारका हर्कत बारम्बार दोहरिनुले सरकारले नै अराजकता बढाउन बल पुर्‍याएको पुष्टि हुने उल्लेख गरेको छ।

‘यस्ता कुकृत्यहरु दोहर्‍याइँदै गरेको प्रति अनेरास्ववियु घोर निन्दा गर्दै कठोर प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौं ।’ आइतबार विज्ञप्ति जारी गर्दै अखिलले भनेको छ, ‘बहुदलीय लोकतन्त्र र कानूनी राज्यको उपहास गर्दै घटित यस प्रकारका घटनाले देशलाई थप अराजकतातर्फ धकेल्ने निश्चित छ ।’