धनकुटा- नेकपा एमाले धनकुटाले पार्टीको एघारौँ महाधिवेशन प्रतिनिधि छनौटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा आज बसेको निर्वाचन समितिको बैठक निर्णयअनुसार मङ्सिर १३ गते सम्म प्रतिनिधि छनोट गरिसक्ने तालिका सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन गरिएको छ भोलि साँझ ५ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध को लागि समय निर्धारण गरी एको छ साथै ९ गते दिउँसो १ बजेसम्ममा मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । १० गते बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म नामावली प्रकाशन र ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको नामावली दाबी विरोधको समय तोकिएको छ ११ गते दिउँसो ४.५० सम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय निर्धारण भएको छ। १४ गते मतगणना र सोही दिन ४ बजेपछि निर्वाचनको अन्तिम परिणाम घोषणा गरिने भएको छ सहमतिबाटै प्रतिनिधि छनोट मा जाने यदि सहमति टुङ्गो नलागेको खण्डमा मात्रै मतदान गर्ने नेकपा एमाले धनकुटा जिल्ला कमिटी सचिव परशुराम नेपालले जानकारी दिएका छन्।








प्रतिक्रिया