अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेन-जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्यो: प्रदीप ज्ञवाली

जेन-जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्यो: प्रदीप ज्ञवाली


काठमाडौंनेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन-जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताउनुभएको छ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताउनुभयो।

अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उहाँले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

यसलाई रोक्न जनपरिचालनबाट मात्र सम्भव हुने बताउँदै उहाँले नेपालको राजनीतिक इतिहासमा जनपरिचालनको क्षेत्रमा एमाले अग्रणी शक्ति भएको दाबी गर्नुभयो। प्रत्येक महाधिवेशनदेखि प्रतिगमनविरुद्धको सङ्घर्षसम्म एमालेको जनपरिचालन निर्णायक रूपमा प्रभावशाली रहँदै आएको ज्ञवालीको भनाइ छ।

बैठकमा एमाले वाग्मती प्रदेश इञ्चार्ज तथा जनपरिचालनका सचिव राजन भट्टराईले यस पटकको एमालेको ११औँ महाधिवेशनमा ऐतिहासिक रूपमा सबैभन्दा ठुलो जनपरिचालन हुने दाबी गर्नुभयो। यसको लागि आवश्यक तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताउनुभयो । ती सबै खालका शक्तिलाई परास्त गर्नु आजको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो ।