काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले भदौ २३ गते संसद् भवन जलाउन उक्साउने र आगजनी र लुटमा संलग्न आरोपमा केपी शर्मा ओलीलाई होइन, सुशीला कार्कीलाई तत्काल कारबाही गर्नुपर्ने बताउनु भएको छ।
नेता थापाले गत भदौ २३ गते संसद् भवन जलाउन उक्साउने र आगजनी र लुटमा संलग्न आरोपमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएको हो।
‘भदौ २३ गतेको घटनाको परिणाम मात्र हेर्ने कि कारण पनि खोज्ने?’ भन्दै नेता थापाले सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको छ। थापाले लेख्नुभएको छ, ‘भदौ २३ गते संसद् भवनमा आक्रमण गराएपछि गोली चलेको हो कि होइन? संसद् भवनमा आक्रमण गराउने को हो ? त्यो खोज्नुपर्छ। मानिस मरेका हुन् तर कसरी मारिए ? स्कुल कलेजको ड्रेस लगाएर किशोर किशोरीहरूलाई संसद् भवनमा आक्रमण गर्न ल्याउने को हो ? २३ गतेको घटनाको परिणाम मात्र हेर्ने कि कारण पनि खोज्ने ? परिणामको कुरा गर्नुहुन्छ भने मान्छे मारिँदा खुसी हुने, मान्छे मार्नुपर्छ भन्ने सुशीला कार्कीहरूको समूह हो। २३ गतेको घटनामा केपी ओलीले तत्कालै छानबिन आयोग बनाउने निर्णय गर्नुभएको छ। मृतकहरूप्रति श्रद्धाञ्जली र क्षतिपूर्ति घोषणा गर्नुभएको होइन र ?’
२३ गतेको घटनाको कारण भनेको सुशीला कार्कीहरूको गिरोहको मान्छे मार्ने षडयन्त्र भएको ठोकुवा नेता थापाले गर्नुभएको छ। २३ गते मान्छे मार्ने वातावरण बनाउन निर्दोष विद्यार्थीलाई संसद् भवनमा घुसाएर भिडन्त गराउने षडयन्त्रकारीहरूलाई हुनुपर्ने विचार उहाँले राख्नुभएको छ।
२४ गते मानिसलाई किन उद्धार गरेको, किन मर्न नदिएको भन्दै सुशीलाले दिएको अभिव्यक्तिको भिडियो सार्वजनिक भइसक्यो, अर्थात् पोल खुलिसक्यो भन्दै नेता थापाले अब कारबाही केपी ओलीलाई होइन, सुशीला कार्की र मान्छे मार्ने ग्याङलाई हुनुपर्ने माग राख्नुभएको छ।
नेता थापाले भन्नुभएको छ– ‘२३ गते मान्छे मर्ने वातावरण बनाउन निर्दोष विद्यार्थीलाई संसद् भवनमा घुसाएर भिडन्त गराउने षडयन्त्रकारीहरूलाई हुनुपर्छ।






प्रतिक्रिया