अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन


काठमाडौं-बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ। अभिनेता धर्मेन्द्रको आज ८९ वर्षको उमेरमा मुम्बईस्थित घरमै निधन भएको समाचार एजेन्सी आईएएनएसले जनाएको हो।

धर्मेन्द्रको मृत्युको खबरलाई आइएएनएसले पुष्टि गरेको छ। धर्मेन्द्रको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा हुँदैछ, जहाँ अमिताभ बच्चन र आमिर खान लगायत धेरै सेलिब्रेटीहरू पस्थित हुनेछन्।

‘शोले’ मा बहुचर्चित वीरूको भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता उनका फिल्महरू सदाबहार मानिन्छन्। यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायत आर्यघाट पुगेका छन् ।

सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

‘शोले’ मा बहुचर्चित वीरूको भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता धर्मेन्द्रका फिल्महरू सदाबहार मानिन्छन्।

यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायत आर्यघाट पुगेका छन् ।

रोमान्टिकदेखि एक्सन हिरोसम्मको छवी बनाएका उनलाई सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान दिइएको थियो। पछिल्लो पटक धर्मेन्द्र ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए।