अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११ औं महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक राजनीतिक प्रक्रिया: शङ्कर पोखरेल

एमालेको ११ औं महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक राजनीतिक प्रक्रिया: शङ्कर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताउनुभएको छ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकोले मंसिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताउनुभयो। ‘महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित रहेर हुने छन्’, महासचिव पोखरेलले भन्नुभयो।

महासचिव पोखरेलले अनुसार पार्टीको भावी कार्यदिशा, संरचना र विधानसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू महाधिवेशनमै अन्तिम रूप पाइसकेका छन्। उहाँले पार्टीको ११ औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने बताउनुभयो। ‘यो महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक राजनीतिक प्रक्रिया हुने छ’, महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठुलो ऐतिहासिक प्रदर्शन हुने दाबी गर्नुभयो। त्यसका लागि तलसम्म लाग्न पोखरेलले आग्रह गर्नुभयो ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनर्निर्माण जस्ता मूल राजनीतिक सवाललाई एजेण्डाम केन्द्रित गर्ने दाबी गर्नुभयो। उहाँले युवा पुस्ता, विशेषतः जेन-जेड मैत्री संरचना निर्माणमा महाधिवेशनमा जोड दिइने र महिलाको सहभागिता तथा नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि हुने बताउनुभयो।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा वाग्मती प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । प्रदेश संगठनलाई सुदृढ बनाउने र राजनीतिक अभियान प्रभावकारी बनाउने उद्देश्यसहित वाग्मतीलाई केन्द्रबिन्दु बनाइएको उहाँले बताउनुभयो।