रामेछाप-नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको जिल्ला निर्वाचन कमिटी रामेछापले मङ्सिर २७-२९ मा काठमाडौंमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न कार्यतालिका सार्वजनिक गरेको छ।
जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले सोमबार जारी गर्नु भएको सूचना अनुसार उत्पीडित-१, महिला–४, ४० वर्षमुनिका युवा–१ र खुल्ला ६ गरी कुल १२ जना प्रतिनिधि चयनको लागि निर्वाचन कार्यसूची सार्वजनिक गरिएको हो।
कार्यतालिका अनुसार अनुसार मङ्सिर ९ गते दिउँसो १ बजेबाट ५ बजेसम्म प्रतिनिधिका लागि मनोनयन दर्ता गरिनेछ। त्यसपछि सोही साँझ ६ बजे प्रारम्भिक नामावली प्रकाशन गरिने छ।
मंसिर १० गते साँझ ४ बजेसम्म उम्मेदवारी माथि दाबी विरोध गर्न सकिने सूचनामा उल्लेख छ।
मङ्सिर ११ गते दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने १३ मतदान हुने निर्वाचन कमिटीले जारी गरेको सूचनामा उल्लेख छ । १३ गते बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने छ।
रामेछाप जिल्लामा पार्टीका कूल ७ हजार ५ सय ५३ सदस्य छन् । तिनै सदस्यले प्रतिनिधि छान्ने छन्।
निर्वाचन कमिटीले तालिका जारी गर्नु अघि पार्टी पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्ज कमलप्रसाद चाैलागाईँ समेतको उपस्थितिमा उपलब्ध प्रदेश कमिटी सदस्य, जिल्लाका पदाधिकारी र पालिका कमिटी अध्यक्षहरूसँग छलफल भएको थियो। सो छलफलका सुझावहरू समेतका आधारमा निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको हो।








प्रतिक्रिया