अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता


काठमाडौं-आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले दल दर्ता गरेको छ। मंगलबार एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा.भीष्म अधिकारीले कान्तिपथस्थित निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार राष्ट्रिय सभाको निर्वाचनका लागि दर्ता नम्बर ९३९ प्राप्त भएको छ भने प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएको हो।

आचार्यका अनुसार समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ। ‘राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो दर्ता नम्बर ९३९ प्राप्त भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएका छौँ। समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ,’ आचार्यले भन्नुभयो।  

‘हामीले हाम्रो दल अद्यावधिक गर्‍यौँ, लोकतान्त्रिक पार्टी भएकाले एमाले आफुलाई लोकतान्त्रिक प्रक्रियामा सधै अपडेट गर्छौँ’, आचार्यको भनाइ छ।