काठमाडौं-आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । मंगलबारसम्म ६८ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि दल दर्ता गरेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि आजसम्म ६८ वटा दलहरु दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले जानकारी दिनुभयो। प्रवक्ता पन्थले हाल आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या १३२ पुगेको बताउनुभयो।
नेकपा एमाले र नेपाली कांग्रेसले पनि आयोगमा दल दर्ता गराएका छन्।

आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ। बाँकी समयमा अरु बाँकी दलहरु पन निर्वाचन प्रयोजनको लागि दर्ता भएर प्रतिस्पर्धामा भाग लिने अपेक्षा निर्वाचन आयोगले गरेको छ। त्यसैले बाँकी सबै राजनीतिक दलहरुलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आयोगले आह्वान गरेका छन् ।







प्रतिक्रिया