अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजीको रगतमा होली खेलेको सुशीला कार्कीको सरकार: महेश बस्नेत

जेनजीको रगतमा होली खेलेको सुशीला कार्कीको सरकार: महेश बस्नेत


काठमाडौं-नेकपा एमाले पोलिटब्यूरो महेश बस्नेतले जेनजी पुस्तामा राजनीतिक भ्रम देखिएको बताउनुभएको छ। राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘युवा जागरण अभियान’ कार्यक्रममा बोल्दै नेता बस्नेतले हालको सरकार सक्रियताविहीन रहेको बताउनुभयो।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले देशलाई अनिश्चित यात्रातर्फ डोर्‍याइरहेको नेता बस्नेतको भनाइ छ। ‘जेनजीको रगतमा होली खेलेको सुशीला कार्कीको सरकार, सुख्खा सरकार हो, देश कुन दिशातिर गइरहेको छ ? जेनजी पुस्ता यही प्रश्न गरिरहेको छ’, नेता बस्नेतले भन्नुभयो।

नेता बस्नेतका अनुसार मुलुकले स्पष्ट र स्थिर दिशा लिन नसक्ने हो भने लोकतान्त्रिक पद्धति कमजोर भइरहेको अनुभूति जेन–जी पुस्तामा बढ्दै जाने चेतावनी दिनुभयो। उहाँले जेनजीको सपना साकार नहुने र त्यो पुस्ताको आकाङ्क्षा राजनीतिक भ्रमकै बीच हराउने खतरा रहेको बताउनुभयो।

केपी ओली नेतृत्वको सरकारका कामकारबाही स्मरण गर्दै बस्नेतले खेलकुद, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सडक तथा पुलका क्षेत्रमा उल्लेख्य काम भएको जिकिर गर्नुभयो। वर्तमान सरकारको अवस्थालाई व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, ‘कस्ता कस्ता कहाँ गए, मुसा बच्चा दरबार जस्तै भएको छ।’

विभेद अन्त्य गर्न सक्ने शक्ति एमाले भएको दाबी गर्दै नेता बस्नेतले पार्टीले जनतामैत्री शासन सञ्चालनका लागि आवश्यक अग्रगमन निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।