अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराउने समय  आजसम्म मात्र

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराउने समय  आजसम्म मात्र


काठमाडौँ-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंसिर १० गते)सम्म मात्र पाउने भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार  निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन्। 

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ। 

हाल आयोगमा कुल १३४ दल दर्ता भइसकेका छन्। तीमध्ये मंगलबारसम्म ८० दलले निर्वाचनमा भाग लिन दर्ता गराइसकेका छन् ।