अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता विष्णु ढुंगेल पक्राउ

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता विष्णु ढुंगेल पक्राउ


काठमाडौं-भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता विष्णु ढुंगेललाई पक्राउ परेका छन्। 

नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका नेता ढुंगेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार चितवनबाट पक्राउ गरेको हो । ढुंगेललाई चितवनबाट काठमाडौँ ल्याइँदै छ।

भदौ २४ गते जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्दै गरेको भिडिओ सार्वजनिक भएको थियो। अदालतमा कागजनी र तोडफोड गरेर क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिइसकेको छ। 

ढुंगेल २०७९ को स्ववियु चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसको सभापति निर्वाचित भएका थिए ।