काठमाडौं-नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा उत्तेजना फैलाउन बालेन शाह, कुलमान घिसिङ र सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ।
आज राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेका कार्यक्रमलाई जेनजीको नाममा ठाउँ ठाउँमा अवरोध गर्ने प्रयास भएको भन्दै नेता बस्नेतले पक्राउ गरेर छानबिन गर्न सरकारसँग माग गर्नुभएको हो।
जेनजीका नाममा आफूलाई जेनजीको अगुवा ठान्ने बालेन, कुलमान घिसिङ र सुधन गुरुङले षडयन्त्र गरिरहेका उहाँको भनाइ छ। ‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्याउन षडयन्त्र गर्ने बालेन, कुलमान घिसिङ, सुधन गुरुङ हुन्, यिनलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ’, नेता बस्नेतले भन्नुभयो।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउने युवाहरू प्रति कुनै आपत्ति नभएको बताउँदै उहाँले तर कार्यक्रम स्थल तर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गराएको उहाँले बताउनुभएको छ। सो काममा सहयोग गर्ने प्रहरी, प्रशासनलाई नेता बस्नेतले धन्यवाद दिनुभएको छ। ‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना दिएको छैन’, नेता बस्नेतको भनाइ छ ।








प्रतिक्रिया