अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीको भाषण हटाउन मेरो न्यूज डटकमलाई पत्र काटेको प्रति प्रेस चौतारीको आपत्ति

केपी ओलीको भाषण हटाउन मेरो न्यूज डटकमलाई पत्र काटेको प्रति प्रेस चौतारीको आपत्ति


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य प्रकाशन गरेको भन्दै प्रेस काउन्सिल नेपालले ‘मेरो न्यूज डटकम’को समाचार सामग्री हटाउन दिएको निर्देशनप्रति प्रेस चौतारी नेपालले आपत्ति प्रकट गरेको छ।

चौतारीका अध्यक्ष गणेश पाण्डेले विज्ञप्ति जारी गर्दै देशको पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्षले सार्वजनिक रूपमा दिएको दिएको मन्तव्य प्रकाशन प्रसारण गर्नु मिडियाको अधिकारको विषय भएकोले तर नियामक निकायको रूपमा रहेको काउन्सिलले त्यस्ता सामग्रीको प्रकाशन प्रसारणमा रोक लगाउनु आपत्तिजनक विषय भएको उल्लेख गर्नुभएको छ ।

संविधानले प्रदत्त गरेको प्रेस स्वतन्त्रताको हक कुण्ठित हुने गरी काउन्सिलले जारी गरेको पत्र तत्काल फिर्ता लिन अध्यक्ष पाण्डेले माग गर्नु भएको छ ।