अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु


काठमाडौँ-काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।

गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।