काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले अहिलेको राजनीतिक परिवेशमा देश र जनताको हितमा ‘चट्टानी अडान राख्न सक्ने नेतृत्व’ आवश्यक भएको बताउनुभएको छ।
विधान महाधिवेशनले सर्वसम्मत रूपमा पार्टीका नीति तथा कार्यक्रम अनुमोदन गरेको उल्लेख गर्दै नेता गुरुङले अब नेतृत्व चयन गर्ने क्रममा अडिग, सक्षम र संकटमा राष्ट्र हितको रक्षा गर्न सक्ने व्यक्तित्व रोजिनुपर्ने आवश्यकतामा जोड दिनुभयो। ‘जो सङ्कटका क्षणमा देश र जनताको पक्षमा अटल रूपमा उभिन्छ, उही नेता हो, उही नेतृत्व हो,’ नेता गुरुङले भन्नुभयो, ‘आज राजनीतिक परिस्थितिले त्यही प्रकारको निष्ठावान्, दृढ र जिम्मेवार नेतृत्वको माग गरिरहेको छ।’
नेता गुरुङले पार्टीले आगामी महाधिवेशनबाट वैचारिक स्पष्टता, संगठनात्मक स्थिरता र दीर्घकालीन राजनीतिक दिशासहितको विश्वसनीय नेतृत्व छान्नु पर्न बताउनुभयो। पार्टीभित्र नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित हुनु सकारात्मक सन्देश भएको उल्लेख गर्दै उहाँले अब नेतृत्व चयनको जिम्मेवारी महाधिवेशनले पूरा गर्ने र पार्टी एकताबद्ध भएर अघि बढ् स्पष्ट पार्नु भयो।







प्रतिक्रिया