अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपाबीच एकता घोषणा

नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपाबीच एकता घोषणा


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राजेन्द्र श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता घोषणा भएको छ।

आज राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो। दुई दलबीच १० बुँदे सहमतिपत्रमा हस्ताक्षर पनि भएको छ।

यसैगरी विगतका सबल र दुर्वल पक्षहरूको समीक्षा गर्दै अब बन्ने एकीकृत पार्टीले ’नेपाली विशेषताको समाजवाद’ लाई आफ्नो मूल कार्यक्रमको रूपमा अङ्गीकार गर्ने निर्णय गरिएको छ।