अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र एमालेका नेताहरूबीच छलफल जारी

प्रधानमन्त्री र एमालेका नेताहरूबीच छलफल जारी


 काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो।

छलफलमा नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन्। त्यस्तै, सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल छन्।

आगमी फागुन २१ को निर्वाचन केन्द्रित भएको सरकारले दलहरूसँग संवाद अघि बढाइरहेको छ। सोहीअनुसार आज एमालेका नेताहरूसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बताएको छ ।

 एमालेले संसद पुनर्स्थापनाको मागसहित अदालतदेखि सडक संघर्षमा पनि उत्रिरहेको छ।