अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११ औं महाधिवेशन : सोलुखुम्बु जिल्लाबाट सबै प्रतिनिधि सर्वसम्मत

एमालेको ११ औं महाधिवेशन : सोलुखुम्बु जिल्लाबाट सबै प्रतिनिधि सर्वसम्मत



काठमाडौं- विश्वको सबभन्दा उच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुले नेकपा एमालेको ११ औं महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि छनौट गरेर उदाहरणीय बनेको छ ।
निर्वाचन समितीका संयोजक वीर उदास श्रेष्ठ अनुसार जिल्लाले महाधिवेशनका लागि ६ जना प्रतिनिधिको कोटा पाएको थियो । ति सबै पदमा एक एक जनाको मात्र उम्मेद्वारी परेकोले निर्वाचित घोषणा गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार छनौट भएका सर्वसम्मत भएका प्रतिनिधिहरुमा खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफ कुमार बास्तोला रहनु भएको छ । उत्पिडित तर्फ डि.बि रनपाल निर्वाचित हुनु भएको छ । महिलातर्फका दुईजनामा कल्पना राई र मोहन कुमारी कार्की निर्वाचित हुनु भएको छ । ४० वर्ष भन्दा मुनीको युवातर्फ जगनाथ बास्तोला निर्वाचित हुनु भएको श्रेष्ठले बताउनुभयो ।

प्रतिनिधि निर्वाचित भएपछि जिल्ला अध्यक्ष समेत रहेका डुफ कुमार बास्तोलाले भन्नुभयो ‘हामीले देशैभरी प्रतिनिधि यसरी नै सर्वसम्मत छनौट होस भन्ने सन्देश दिन चाहेका हौं । हाम्रामा पनि धेरैजना कमरेडहरुले चाहना राख्नु भएको थियो । तर सबैलाई सहमतीमा ल्याएर हामीलाई समर्थन गर्ने वातावरण बनायौं ।’