अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हङकङमा आगलागी: मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३०० जना बेपत्ता

हङकङमा आगलागी: मृत्यु हुनेको संख्या ९४ पुग्यो, ३०० जना बेपत्ता


काठमाडौं-हङकङको एक आवासीय क्षेत्रमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ भने ७६ जना घाइते भएका छन् । करिब ३०० जना सम्पर्कविहीन छन् ।

बुधबार ताई पो जिल्लाका आठमध्ये सात भवनमा फैलिएको आगो अब नियन्त्रणमा रहेको जनाइएको छ ।

सुरक्षा कमजोरीका कारण मानिसमा आक्रोश बढेको एक बासिन्दाले बताएका छन् । आगलागीका बेला उक्त कम्प्लेक्समा कति मानिस उपस्थित थिए भन्ने स्पष्ट छैन । कम्प्लेक्समा लगभग ४६ सयजना बसोबास गर्ने गरेका तथ्यांक छ ।

भवनमा कसरी आगलागी भयो भन्ने पनि यकिन भइसकेको छैन । भवनको बाहिर प्रयोग गरिएको सामग्री आगो रोक्न सक्ने गुणस्तरको (फायरप्रुफ)नरहेको प्रहरीले जनाएको छ ।