काठमाडौं-अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गर्दै आएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका-४ घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका-१३ बस्ने २२ वर्षीय विकाश शाह बाँनिया रहेका छन्। उनलाई काठमाडौंको भद्रकालीमा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) र अनलाइन ठगी गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा ६ करोड १८ लाख बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको र अनलाइन ठगी समेत गरेको खुल्न आएकोले उनीविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
मंसीर १० गते बाराको कलैया–२० घर भई हाल डल्लु, काठमाडौं बस्ने २३ वर्षीय मोहम्मद सेफलाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–११ भद्रकालीबाट पक्राउ गरेकाे गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा उनले नेपाली रुपैयाँ १९ करोड ८१ लाख ४९ हजार ५८१ बराबरको क्रिप्टोकरन्सी कारोबार गरेको खुल्न आएको छ। नेपालमा क्रिप्टो कारोबार गैरकानुनी भएकाले उनीविरुद्ध ‘अभौतिक मुद्रा प्रयोग गर्न नहुने’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ।






प्रतिक्रिया